बारामा खाल्डोभित्र पाँच जनाको शव फेला

134

बीरगन्ज, असोज १६-
बारामा पाँच जनाको शव फेला परेको छ । फेटा गाउँपालिका–४ स्थित एक घरभित्र रहेको करिव ६ फिट गहिरो पानीको खाल्डोमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । कार्यालयका प्रवक्ता डिएसपी रञ्जित सिंह राठौंरका अनुसार शव भेटिनेमा फेटा गाउँपालिका–४ बतरा टोलका ४० वर्षीय जोगा मुखिया बिन, उनकी पत्नी लालमुनी देवी, छोरी १० वर्षीय सुमनी कुमारी, जोगाका भाइ करिब ३५ वर्षीय महेन्द्र मुखिया बिन र एक भारतीय कामदार रहेका छन् ।

चार पाँच दिनदेखि उनीहरुसँगै बस्दै आएका भारतीयको भने परिचय नखुलेको उनले बताए । डिएसपी राठौरका अनुसार घरभित्रैको करिब ६ फिट गहिरो खाल्डोमा उनीहरुको शव भेटिएको हो । मृतक महेन्द्रका श्रीमती र उनका दुइ छोरी भने घर बाहिर भएकोले सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

उनले भने, ‘खाल्डोमा मदिरा बनाउन प्रयोग हुने केही कच्चा पदार्थ पनि भेटिएको छ, कसरी उनीहरुको मृत्यु हुन पुग्यो, हामीले अनुसन्धान गरिरहेका छौ ।’ उनले मृतकको शरीरमा कुनै चोटपटक नभएको पनि बताए । ‘यसो हेर्दा निस्सासिएर ज्यान गएको जस्तो देखिन्छ, तर पुष्टि भने भएको छैन,’ राठौंरले थपे । मृतकको शव पोष्ठमार्टमका लागि बाराको कलैयास्थित अस्पताल लगिएको उनले बताए ।

Womui
Womui