नेपालगन्ज उपमहानगरमा सरकारी बस सञ्चालन

85

नेपालगन्ज, असोज १५-
नेपालगन्ज उपमहानगरपालिकाले खरिद गरेको नगर बस बुधबार सञ्चालनमा आएका छन् । बसहरु सडकमा गुड्न थालेको उपमहानगरपालिकाले जनाएको छ् । नेपालगन्ज–कोहलपुर सडक खण्डमा बुधबार परीक्षणका लागि बसहरु गुडाइएको हो ।

बसको औपचारिक उद्घाटन भने प्रदेश पाँचका मुख्य मन्त्री शंकर पोखरेलले यही असोज १८ गते उद्घाटन गर्ने कार्यक्रम रहेको नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले जानकारी दिए । गत असारमै बसहरु खरिद गरि ल्याइएको भएपनि रुट परमिट लगायतको तयारीका कारण सञ्चालन गर्न ढिलाई भएको थियो । बसमा महिलालाई सहचालकको रुपमा राखिएको राणाले बताए । नगर बस महिला लक्षित कार्यक्रम अन्तर्गत सञ्चालन गर्न लागिएको हो । तीन करोड ४५ लाख रुपैयाँमा ७ वटा बस खरिद गरिएको हो ।

Womui
Womui