जर्मनको उच्च स्तरीय टोलीसँग जनप्रतिनिधीको भेटघाट

38

नेपालगन्ज, असोज १५-
जर्मन सरकारको उच्च स्तरीय टोलीले नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधीसँग भेटघाट गरेको छ । जर्मन सरकारको संघिय मामिला तथा आर्थिक विकास मन्त्रालयका प्रमुख निर्देशक गिसेला हम्मरस्कमिटको नेतृत्वमा रहेको उक्त टोलीले बुधबार उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापामगर र प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलसँग उपमहानगरपालिकाले सञ्चालन गरिरहेका विभिन्न कार्यक्रममा बारेमा जानकारी लिएको छ ।

टोलीले नेपालगन्जमा थप कार्यक्रम सञ्चालनका लागि सकारात्मक भएको जनाएको छ । टोली प्रमुख हम्मरस्कमिटले नेपालगन्जलाई जर्मन सरकारले प्राथमिकता दिएको भन्दै नयाँ क्षेत्रमा समेत सहयोग गर्न सकिने बताए । जर्मन टोलीलाई स्वागत गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख राणाले नेपालगन्ज शिक्षा, स्वास्थ्य र आर्थिक विकासको क्षेत्रमा हब भएको भन्दै जर्मन सरकारबाट थप सहयोगको अपेक्षा राखिएको बताए ।  उपप्रमुख थापाले जर्मन सरकारले प्रविधी लगायतको क्षेत्रमा गरेको सहयोगले नेपालगन्जलाई महत्व दिएको भन्दै मुलुककै उत्कृष्ट नगर बनाउने अभियानमा थप सहयोगको आशा राखिएको बताईन् ।

प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले नेपालगञ्जलाई आगामी ५ वर्षभित्र मुलुककै उत्कृष्ट नगर बनाउने लक्ष्य राखिएको बताए । उनले लक्षित वर्गका लागि नेपालगन्जले गरेका कार्यहरु जर्मन टोलीलाई अवगत गराए । जर्मनी टोलीले जनप्रतिनिधी र कर्मचारीसँग अन्तरक्रिया समेत गरेको छ ।

 

Womui
Womui