अमिताभ बच्चनले यस्तो सन्देश पठाए एसिड पीडित मुस्कानलाई

121

छिनछिन खबर
काठमाडौं– बलिउड अभिनेता अमिताभ बच्चनले एसिड आक्रमणमा परेर कीर्तिपुर अस्पतालमा उपचाररत मुस्कान खातुनलाई भिडियो सन्देश पठाएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा पठाएको भिडिओ सन्देशमा उनले मुस्कानको शीघ्र स्वास्थ्यको कामना गरेका छन् । साथै उनले घटना दुर्भाग्यपूर्ण भएको बताएका छन ।

‘मुस्कान, तिमीमाथि जे भयो त्यो कुनै पनि बच्चालाई हुनु हुँदैन,’ अमिताभको सन्देशमा छ, ‘तिम्रो देशको कानुनले अभियुक्तहरूलाई पक्राउ गरी सजाय दिनेछ ।’ यसअघि अर्का बलिउड अभिनेता वरूण धवनले पनि मुस्कानलाई भिडिओ सन्देश पठाएका थिए । त्यस्तै गायक राजु लामा मुस्कानलार्ई भेट्न अस्पताल पुगेका थिए ।

भदौ २० गते विद्यालय जाँदै गर्दा विरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाकी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड आक्रमण भएको थियो ।

Womui
Womui