संसद् सचिवालयको वेबसाइटबाट महराको नाम हटाइयो

31

छिनछिन खबर
काठमाडौं–संघीय संसद सचिवालयले निवर्तमान सभामुख कृष्णबहादुर महराको नाम वेबसाइटबाट हटाएको छ । महराको राजीनामा स्वीकृत भएसँगै सचिवालयले नाम हटाएको हो । उनको परिचय रहेको पहिलेको स्थानमा विना फोटो सभामुख मात्र लेखिएको छ ।

नयाँ बानेश्वरस्थित व्यवस्थापिका संसद भवन

सभामुख महराले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजिनामा दिएको सुचना प्रकाशन गरेको छ । संसद सचिवालयमा काम गर्ने कर्मचारी रोशनी शाहीले महराले आइतबार बेलुका आफूलाई बलात्कार गरेको आरोप लगाएपछि उनी विवादमा परेका थिए । संविधानको धारा ९१ मा सभामुखले राजीनामा दिएका स्वतः स्वीकृत भएको मानिने व्यवस्था रहेको छ । उनलाई संगीन आरोप लगाएकी शाहीले मंगलबार बेलुका भने आफ्नो बोली फेरेर महराले आफूलाई केही नगरेको दावी गरेकी छिन् ।

यसैबीच महराले सभामुख पदबाट दोस्रो राजीनामा पत्र बुझाएका छन् । महराले आफ्ना स्वकीय सचिवमार्फत पठाएको पहिलो राजीनामा पत्र उपसभामुख शिवमाया तुम्वाहाङ्फेले लिन नमानेपछि उनले दोश्रो राजीनामा पत्र बुझाएका हुन् । तुम्वाहाम्फेले महराका स्वकीय सचिवलाई दोहोरो अर्थ लाग्ने शब्द हटाएर राजीनामा लेख्न लगाएपछि महराले दोश्रो राजीनामा पत्र बुझाएका हुन् ।

Womui
Womui