महँगी बढ्यो, सर्वसाधारणलाई गुजारा चलाउन हैरानी

107

छिनछिन खबर
काठमाडौं– सरकारले महँगाीलाई घटाउने दावी गरे पनि चालु आर्थिक वर्षको पहिलो महिनामै महँगीले सीमा नाघेको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा महँगी झण्डै ७ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

राष्ट्र बैंकले प्रकाशन गरेको तथ्याङ्क अनुसार उपभोक्ता मुद्रास्फिती बढेर ६.९५ प्रतिशत पुगेको छ । थोक मुद्रास्फिती ७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अबधिमा यस्तो मुद्रास्फिती ४.१९ प्रतिशत थियो । राष्ट्र बैंकका अनुसार साउन महिनामा खाद्य तथा पेय पदार्थको मुद्रास्फिती ८.०२ प्रतिशत तथा गैर खाद्य तथा सेवा समूहको मुद्रास्फिती ६.१२ प्रतिशत छ ।

साउन महिनामा खाद्य तथा पेय पदार्थ अन्तर्गत मुख्यगरी तरकारी, फलफूल, मसला र मासु तथा माछा उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । त्यसैगरी, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत घरायसी उपयोगिताका वस्तु तथा सेवा, लुगा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । काठमाडौं उपत्यकामा ८.६३ प्रतिशत, तराईमा ६.४६ प्रतिशत, पहाडमा ५.९२ प्रतिशत र हिमालमा ५.५७ प्रतिशत मुद्रास्फिती रहेको बैंकले जनाएको छ ।

Womui
Womui