वैदेशिक रोजगार व्यवसायी सङ्घमा लोकतान्त्रिक समूह

70

छिनछिन खबर
काठमाडौँ–नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचनमा लोकतान्त्रिक समूहको पूरै प्यानल विजयी भएको छ । २७ औँ साधारणसभा अन्तर्गत सम्पन्न निर्वाचनमा नेपाली काङ्ग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको प्यानल विजयी भएको हो ।

सङ्घको अध्यक्षमा विष्णुप्रसाद गैरे विजयी भएका छन् । उनले ३३० मत प्राप्त गरे । सङ्घको निर्वाचनमा प्रगतिशील समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका सरोजकुमार पोखरेलले २८३ मत प्राप्त गरेका कारण पराजित भए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र सङ्घीय समाजवादी पार्टी निकट व्यवसायीका तर्फबाट अध्यक्षमा पोखरेलले उम्मेदवारी दिएका थिए । सङ्घको प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेगनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङ विजयी भएका छन् ।

यस्तै सदस्यमा दिनेशकुमार रावल, कर्णराज कटुवाल, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बू, विजय लामा, बाबुलाल मगर, केवशराज न्यौपाने, छविलाल भट्टराई, जङ्गबहादुर इजम र लक्ष्मण पौडेलले पनि जित हासिल गरेका छन् । निर्वाचनमा कूल ६२१ प्रतिनिधिले मतदान गरेका थिए । यसअघि नेकपा निकट रोहन गुरुङ संघको अध्यक्ष थिए । केही समययता सरकारले चालेको कदमले गर्दा यसपटकको निर्वाचनमा फरक नतिजा आएको अनुमान गरिएको छ ।

Womui
Womui