समाजवादी पार्टीका युवा नेता बिकलाई सामुदायिक वनको जिम्मेवारी

114

नेपालगन्ज, असोज ७-
लामिडाँडा सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा हिक्मत बिक निर्वाचित भएका छन् । राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुम ( भम्का )मा रहेको उक्त सामुदायिक वनको ७ औं बार्षिक साधारण सभाबाट ११ सदस्यीय कार्यसमिति, पदाधिकारी निर्वाचित गरिएको हो ।

समितिको उपाध्यक्षमा लक्ष्मी चौधरी, सचिवमा लक्ष्मी खुना, कोषाध्यक्षमा दीपक खुना र सहसचिवमा कृष्ण खत्री निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा पार्वती बिक, मानबहादुर कुमाल, सावित्री खुना, बिकला कुमारी खुना, सुन्तली खुना र नेपालु कुमाल रहेका छन् । समाजवादी पार्टी नेपालका चर्चित युवा नेता समेत रहेका नवनिर्वाचित अध्यक्ष बिकले आफ्नो कार्यकालमा सामुदायिक वनको विकासका लागि सक्दो पहल गर्ने प्रतिवद्धता जनाएका छन् । आफुले पाएको जिम्मेवारी पुरा गरेरै छाड्ने उनले बताएका छन् ।

Womui
Womui