‘सरकार भ्रष्टाचारको दलदलमा फस्यो’ : नेतृ भुसाल

169

नेपालगन्ज, असोज ७-
नेपाली कांग्रेसका सचेतक पुष्पा भुसालले वर्तमान सरकार भ्रष्टचारको दलदलमा फसेको बताएकी छन् । दोस्रो चरणको राष्ट्रिय जागरण अभियान समापनको अवसरमा कांग्रेस बाँकेले मंगलबार नेपालगन्जमा गरेको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । नेपाली कांग्रेसका पुर्वसभापति एवम् पुर्वप्रधानमन्त्री स्वर्गिय सुशिल कोईरालाको नेतृत्वमा बनेको संबिधानलाई कम्युनिष्ट सरकारले घाईते बनाएको बताईन् । लोकतन्त्रको खम्बालाई भत्काउन सरकारले विभिन्न खालका विधेयक ल्याएको उनले जोड दिईन् ।

बालुवाटार लगायत देशभरका सरकारी र सार्वजनिक जग्गा जमिनमा सत्तारुढ दलका नेताले आँखा लगाएको नेतृ भुसालले बताईन् । सरकारले गरेको भ्रष्टाचार, अनियमितता, अराजकता विरुद्ध जनतालाई जानकारी गराउँदा बाँकेको सितापुरमा नेकपाका कार्यकर्ताले कांग्रेसको कार्यक्रममा आक्रमण गरेको भन्दै उनले भनिन्, ‘सितापुरमा भएको आक्रमण सभापति किरण कोईरालामाथीको आक्रमण मात्र होईन्, सिंगो कांग्रेसमाथीको आक्रमण हो, यो लोकतन्त्रमाथीको आक्रमण हो ।’ नेपालमा लोकतन्त्र ल्याउनको लागि कांग्रेसले खेलेको भुमिका ऐतिहासिक रहेको भन्दै कम्युनिष्ट अतिवादले लोकतान्त्रिक मुल्य, मान्यतालाई कुल्चिदै गएको बताईन् ।

विश्वमा कम्युनिष्ट पार्टी ढल्दै गएको स्मरण गराउँदै उनले नेपालमा पनि कम्युनिष्ट पार्टीको दिनचर्या सुरु भईसकेको दाबी गरिन् । ‘लोकतान्त्रिक शासनलाई स्वीकार गरेर बस्न सक्छन भने बसेहुन्छ, नत्र ३ वर्षपछि कम्युनिष्टलाई जनताले तह लगाउने निश्चित छ ।’ जागरण अभियानका केन्द्रिय प्रतिनिधी बिद्याप्रसाद खनालले नेपालमा कम्युनिष्ट पार्टीको आयु धेरै नभएको बताए । कांग्रेस र कम्युनिष्टको बीचमा धेरै भिन्नता भएको बताउँदै भने, ‘कम्युनिष्टको बिचार नेपालबाट उब्जिएको विचार होईन, यिनीहरु चिन, रुस जस्ता देशको विचार ल्याउँछन्, हामी नेपाली माटोमा जन्मिएका विपी कोईरालाको विचारलाई बोकेर हिडिरहेका छौं ।’

कांग्रेस बाँकेका सभापति किरण कोईरालाले मुलुकमा जनताले शान्ति, सुरक्षाको अनुभुती गर्न नपाएको बताईन् । ‘कर्मचारीको काम गर्ने मनोबल घटेको छ, ब्यापारी त्रसित भईराखेका छन्, जनता असुरक्षित छन्, पत्रकारले निर्धक्कसँग लेख्न सकेका छैनन,’ उनले भनिन् ‘यो सरकारले समृद्ध नेपाल बनाउने बेलामा नेपाली जनतालाई आक्रान्त, असुरक्षित, करको भारी थोपारेको छ ।’ सो क्रममा जागरण अभियानका केन्द्रिय प्रतिनिधी भरतबहादुर न्यौपाने, जानकीलाल बस्नेत केन्द्रिय प्रतिनिधी, नेतृ मालती सोडारी लगायतले सम्बोधन गरेका थिए । सभामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा), समाजवादी पार्टी, राप्रपा लगायत विभिन्न पार्टी परित्याग गरी दर्जनौं ब्यक्ति कांग्रेसमा प्रवेश गरेको जिल्ला सचिव कपिलदेव शर्माले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथी भुसालले सदस्यता प्रदान गरेर पार्टी प्रवेश गराएकी थिईन् । सभा सुरु हुनुअघि कांग्रेस पार्टी कार्यालयबाट सुरु भएको बृहत ¥यालीले बजारको परिक्रमा गरेको थियो ।

 

Womui
Womui