पाउने भए टर्की पीडितले ९७ लाख

36

छिनछिन खबर
काठमाडौं–रोजगारीका लागि टर्की पुगेका तर पारिश्रमिक नपाएका एक सय ७० जनाले क्षतिपूर्ति पाउने भएका छन् । टर्कीको आइजिए कम्पनिले उनीहरूको क्षतिपूर्ति पठाइदिएको हो ।

रोजगारीका लागि टर्की पुगेका ती एक सय ७० जनाले पारिश्रमिक नपाएपछि वैदेशिक रोजगार विभागमा उजुरी गरेका थिए । त्यसपछि विभागले पारिश्रमिक दिलाउन पहल गरेको थियो । विभागका महानिर्देशक भीष्मकुमार भुसालले पीडितको उजुरीपछि गरिएको पहल अनुसार आइजिए कम्पनीले एक सय ७० जनाई सरदर ५६ हजार ८ सय ८५ रुपैयाँका दरले एकमुुष्ट ९७ लाख ९० हजार ९ सय ८६ रुपैयाँ पठाएको जानकारी दिए ।

विभागमा प्राप्त भएको क्षतिपूर्ति असोज ६ गतेदेखि १२ गतेसम्म वितरणको कार्यतालिका बनाइएको छ । क्षतिपूर्ति पाउने व्यक्ति वैदेशिक रोजगारीमा गएको भएमा नजिकका हकवालालाई राहदानी, टर्की जाँदाको भिसा लागेको राहदानी, परिचय पत्रको प्रतिलिपिसहित वडा कार्यालयको सिफारिस लिएर रकम लिन आउन विभागले सूचना जारी गरेको छ ।

Womui
Womui