मुसलमान युवती विवाहका लागि जन्ती लिएर युवाको घर पुग्दा…

137

एजेन्सी
बङ्गलादेश–बङ्गलादेशमा मुसलमान समुदायको वैवाहिक परम्परालाई चुनौती दिँदै एक किशोरीले आफूले मन पराएको केटासँग विवाह गर्नका लागि ‘जन्ती’ लिएर बेहुलाको घरमा पुगेकी छिन् । यसले परम्पराको नाममा हुने महिला अधिकार हननका विषयमा बहस तीब्र बनाइदिएको छ ।

स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार खाजिदा अख्तर खुशीले जन्ती लिएर बेहुला तारिकुल इस्लामको घरमा पुगेकी थिइन् । विवाह बङ्गलादेशको पश्चिमी ग्रामिण जिल्ला मेहरपुरमा भएको हो । मुसलमान परम्परा अन्य परम्पराका तुलनामा बढी कट्टर मानिने भए पनि एसियाली यस मुलुकमा भएको विवाह उत्सवले सामाजिक सञ्जालमार्फत विश्वभर चर्चा पाएको छ ।

खुशीले जन्ती लिएर बेहुलाकहाँ गएको घटनाले विश्वभर स्थापित मान्यतालाई उल्ट्याइदिएको छ । ’हो, परम्परागत रूपमा यो असामान्य हो । विवाहका लागि बेहुला रहेका इस्लामका अनुसार उनीहरूको यो प्रयोगलाई परिवार र साथीहरूको साथ थियो । इस्लामले भने, ’महिला पुरूषबीचको समान अधिकारका लागि लिङ्गगत विभेदलाई अन्त्य गर्ने उद्देश्यका साथ हामीले नयाँ प्रचलनलाई व्यवहारमा ल्यायौँ।

यसलाई हाम्रो परिवार र समाजले स्वीकार ग‍¥यो ।’ ’म विश्वस्त छु एक पुरुषले जे गर्नसक्छ त्यो महिलाले पनि गर्न सक्छिन् भन्ने एउटा नयाँ सन्देश हाम्रो विवाहले दिएको छ,’ उनले थपे । विवाहपछि उनीहरूको फोटो तथा भिडियोहरू अनलाइन तथा सामाजिक सन्जालमा छाएको छ । यसले सामाजिक सन्जालमा विवाहको नयाँ अभ्यास बारेमा बहस सुरू भएको छ ।
एएफपी

Womui
Womui