रारा पर्यटन वर्षमा भएको खर्च छानविन गर्न समिति गठन

31

छिनछिन खबर
सुर्खेत–कर्णाली प्रदेश सरकारले अघिल्लो वर्ष आयोजना गरिएको रारा पर्यटन महोत्सवमा भएको खर्च र बजेट रकमान्तरका विषयमा छानविन गर्न समिति गठन गरेको छ ।

डा. भिमबहादुर खत्रीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको हो । सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसील अघिल्लो आर्थिक वर्षको बजेट, रारा पर्यटन महोत्सव, खर्च प्रक्रिया, डिपीआरलगायतका विषयमा सार्वजनिक रुपमा टिकाटिप्पणी हुन थालेपछि छानविन समिति गठन गरेको जानकारी दिइन् ।

समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउने समय दिइएको छ । कर्णाली–रारा पर्यटन वर्ष, आर्थिक वर्षको अन्त्यमा रकमान्तर गरेर अनावश्यक गाडी खरिद गरेको, डिपिआरका नाममा करोडौं रुपियाँ खर्च गरेकोलगायतका आरोप प्रदेश सरकारमाथि लागेका छन् ।

Womui
Womui