कांग्रेसको जनजागरण समापन सभा भब्य बनाउने तयारी

121

नेपालगन्ज, असोज ५-
नेपाली कांग्रेसको दोस्रो चरणको जनजागरण कार्यक्रम भव्यताका साथ समापन गर्न तयारी गरिएको छ । १५ दिने जनजागरण कार्यक्रम असोज ७ गते बृहत र्यालीसहित त्रिभुवन चोकमा सभा गरेर समापन गर्न लागिएको हो । गाउँ गाउँमा जनजागरण कार्यक्रम गरेको नेपाली कांगे्रस बाँकेले ७ गते भव्य बृहत सभा गर्न लागेको जिल्ला सभापति किरण कोईरालाले बताईन् ।

सभालाई कांगे्रस सचेतक एवम् काँग्रेस नेतृ पुष्पा भुसालले सम्बोधन गर्नुे कार्यक्रम रहेको छ । सभामा उपस्थितीका लागि कांगे्रसका भातृ तथा शुभेच्छुक संघ संगठनलाई पनि परिचालन गरिएको सभापति कोइरालाले जानकारी दिईन् । असोज ७ गते मंगलबार बिहान ११ बजे पार्टी कार्यालयबाट सुरु हुने बृहत र्याली नगर परिक्रमा पश्चात त्रिभुवन चोक पुर्वपट्टी सभामा परिणत हुने बताइएको छ । कांगे्रस बाँकेले जनजागरण कार्यक्रम गरिरहेका बेला खजुरा गाउँपालिका वडा नम्बर २ सीतापुरमा जिल्ला सभापति कोइरालामाथि सांघातिक आक्रमण भएको थियो ।

Womui
Womui