नेपालगन्जमा सार्वजनिक शौचालयमा सञ्चालनमा

126

नेपालगन्ज, असोज ५-
नेपालगन्जमा नयाँ निर्माण गरिएका सार्वजनिक शौचालय आइतबारदेखि सञ्चालनमा आएका छन् । भेरी अस्पताल अगाडी र जिल्ला सहकारी संघको अगाडी निर्माण गरिएका सार्वजनिक शौचालयको नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवलशम्शेर राणा र उपप्रमुख उमा थापामगरले शुभारम्भ गरे ।

नेदरल्याण्ड विकास नियोगको स्वास्थ्य विकासका लागि नगर सरसफाई योजना अन्तर्गत ८१ लाख १६ हजार रुपियामा निर्माण गरेका तीनवटा सार्वजनिक शौचालय उद्घाटनसँगै सञ्चालनमा आएका छन् । नयाँ शौचालय अपांगतामैत्रीसँगै स्नान घरको समेत सुविधा रहेको छ । आधुनिक शौचालयको उद्घाटन गर्दै नगर प्रम्ुख डा. राणाले नयाँ निर्माण गरिएका सार्वजनिक शौचालय विदेशी मापदण्ड अनुसारका रहेको भन्दै यसको सहि सदुपयोगका लागि सबै नागरिकसँग आग्रह गरे । उपप्रमुख उमा थापाले धम्बोझीमा निर्माण भईरहेको अत्याधुनिक शौचालय पनि निर्माण पुरा हुनासाथ सञ्चालन गरिने बताईन् ।

Womui
Womui