संविधान दिवसमा मुख्यमन्त्री पोखरेलको शुभकामना

261

बुटवल, असोज ३-
संविधान दिवसको अवसरमा प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले शुभकामना ब्यक्त गरेका छन् । ‘संविधान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीवहिनी, दाजुभाइहरुप्रति सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु, यस ऐतिहासिक अवसरमा म नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमुल्य जीवन आहुती दिनुहुने सबै ज्ञात अज्ञात अमर शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु, आन्दोलनका क्रममा घाईते र वेपत्ता योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछु,’ शुभकामना सन्देशमा भनिएको छ ।

समृद्ध प्रदेश, खुसी जनताको लक्ष्य बोकेर समृद्ध प्रदेश निर्माणको अभियानमा अघि बढिरहेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले संविधानले दिशा निर्देश गरेको बाटोबाट न्यायपूर्ण, समतामुलक र समृद्ध समाज निर्माण गर्ने कुरा तीनै तहका सरकारको साझा लक्ष्य भएको बताएका छन् ।

Womui
Womui