संविधान दिवस : दोहोरो भूमिकामा समाजवादी पार्टी

144

काठमाडौं, असोज ३-
सत्तारुढ दल समाजवादी पार्टीले संविधान दिवसमा दोहारो भूमिका निभाउने भएको छ । संविधान दिवसको दिन शुक्रबार समाजवादी पार्टीका नेताहरूले मौन बस्ने भएका हुन् । दिवसको दिन देशभर अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको पार्टीका नेताहरूले जनाएका छन् । पार्टीका केन्द्रीय प्रचार विभागका प्रमुख प्रशान्त सिंहले विज्ञप्ति जारी गर्दै संविधान जारी भएको दिन असोज ३ गते सात वटै प्रदेशका प्रदेश राजधानीमा ‘संविधान संशोधनको अपरिहार्यता र आवश्यकता’ विषयक अन्तरक्रियात्मक कार्यक्रम गर्ने जनाएका छन् ।

पोहर सालदेखि समाजवादी पार्टी संविधान दिवसको दिन मौन बस्ने निर्णय गरेको हो । समाजवादी पार्टीले संविधान दिवस नमनाए पनि उक्त पार्टी सरकारमा छ । २०७५ जेठ २२मा सरकारसँग दुई बुँदे सहमति गरी तत्कालीन संघीय समाजवादी फोरम नेपाल सरकारमा गएको थियो । सरकारमा समाजवादी पार्टीबाट तीन जना नेता मन्त्री भएका छन् । पार्टीकी उपाध्यक्ष रेणु यादवले संविधान दिवसमा मौन बस्न पार्टीले देशभर पार्टीका मातहतका समितिलाई सर्कुलर पठाएको बताइन् ।

पार्टीको सर्कुलर पछि प्रदेश २ मा पनि पार्टी मौन बस्ने उनको भनाइ थियो । यता राष्ट्रिय जनता पार्टी नेपालले भने असोज ३ मा विरोध दिवस मनाउने भएको छ । उक्त दिन विरोध दिवस मनाउने निर्णय गरिएको राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले बताएका छन् ।

Womui
Womui