नेपालको फुटबलमा सुधार, फिफा वरियतामा पाँच स्थान माथि चढ्यो

104

छिनछिन खबर
काठमाडौं–नेपालको फुटबलमा सुधार आएको छ । विश्व फुटबल वरियतामा नेपाल पाँच स्थान माथि उक्लन सफल भयो । पछिल्लो वरियतामा १ सय ६६ औँ स्थानमा रहेको नेपाल अहिले १ सय ६१ औँ स्थानमा पुगेको हो । गएको महिना एक स्थान तल खसेर १ सय ६५ बाट १ सय ६६ औँ स्थानमा पुगेको थियो । नेपाल दक्षिण एसियाली देशमा तेस्रो स्थानमा छ ।

दक्षिण एसियाको शीर्षमा रहेको भारत एक स्थान तल झरेर १ सय ४ औँ स्थानमा पुगेको छ । दोस्रो स्थानको माल्दिभ्स १ स्थान झर्दै १ सय ५३ औं स्थानमा छ । नेपालपछि भुटान १ सय ८५ औँ स्थानमा, बंगलादेश १ सय ८७ औँ, श्रीलंका २ सय २ औँ, र पाकिसतान २ सय ३ औँ स्थानमा छन् । विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा रहेको छ । एक स्थान माथि चढ्दै फ्रान्स दोस्रो स्थानमा पुगेको छ । एक स्थान तल झरेको ब्राजिल तेस्रो स्थानमा छ ।

Womui
Womui