राष्ट्र बैंकले तोक्यो दशैंमा नयाँ नोट साट्न पाइने ठाउँ (सूचीसहित)

124

छिनछिन खबर
काठमाडौं– नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट साट्न पाइने ठाउँ सार्वजनिक गरेको छ । असोज १० गतेदेखि नयाँ नोट सटही सुरु हुने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार उपत्यकाबाहिर बिराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीका कार्यालयबाट नयाँ नोट सटही हुनेछ ।
त्यस्तै राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटारबाट पनि नयाँ नोट सटही हुनेछ । प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट सटही हुनेछ । ५, १०, २०, ५० र १ सयका नयाँ नोट वितरण हुनेछ ।

राष्ट्र बैंकको बालुवाटार कार्यालयसहित उपत्यकाका २५ ठाउँबाट नयाँ नोट सटही हुनेछ ।

Womui
Womui