संविधान दिवसः ६३४ जनालाई मानपदवी, अलंकार र पदक

169

छिनछिन खबर
काठमाडौं– सरकारले संविधान दिवसको अवसरमा ६३४ लाई विभिन्न मानपदवीबाट सम्मान गर्ने निर्णय गरेको छ । जसअनुसार महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) दिवङ्गत साहित्यकार मदनमणि दीक्षित र दिवङ्गत तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले पाएका छन् ।

सुप्रबल जनसेवाश्री (प्रथम) श्रेणीबाट प्रा डा दिव्यासिंह शाह, दिवङ्गत पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा तथा पाँच विदेशी प्राध्यापकलाई विभूषित गरिनेछ । राष्ट्रपति कार्यालयका अनुसार उज्ज्वल कीर्तिम राष्ट्रदीप (द्वितीय) बाट उच्चस्तरीय प्रशासन सुधार आयोग कार्यान्वयन समितिका अध्यक्ष काशीराज दाहाललाई विभूषित गरिने भएको छ ।

Womui
Womui