एक व्यक्तिको थाप्लोमा पुग्यो ३६ हजार ७७४ रुपैयाँ ऋण

30

छिनछिन खबर
काठमाडौं–सरकारले तिर्ने ऋण बढ्दै जाँदा एक व्यक्तिको थाप्लोमा ३६ हजार ७७४ रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको साउन मसान्तसम्म आन्तरिक र वैदेशिक गरी सार्वजनिक ऋण १० खर्ब ६६ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

यसमध्ये आन्तरिक ऋण ४ खर्ब ५३ अर्ब २३ करोड र वैदेशिक ऋण ६ खर्ब १३ अर्ब २२ करोड रुपैयाँ पुगेको अर्थ मन्त्रालयले जनाएको छ । द्धिपक्षीय र वहुपक्षीय दातृ निकायबाट ऋण लिँदै आएको छ । २ करोड ९० लाख जनसंख्यालाई आधार मान्दा प्रतिव्यक्ति ऋण भार बढेर ३६ हजार ७७४ रुपैयाँ पुगेको हो । साउनमा मात्रै सरकारले ३ अर्ब ६९ करोड ३६ लाख रुपैयाँ वैदेशिक ऋण प्राप्त गरेको छ ।

अमेरिकी डलरसंग नेपाली रुपैयाँको अवमूल्यन भइरहेकाले सरकारको ऋण दायित्व बढ्दै गएको मन्त्रालयले जानकारी दिएको छ । कुल ऋणमा आन्तरिकको ४२.५ र वैदेशिकको ५७.५ प्रतिशत हिस्सा छ । गत वर्ष सरकारले ५४ अर्ब ३५ करोड रुपैयाँ ऋण तिरेको छ । जसअनुसार ३४ अर्ब ३१ करोड आन्तरिक र २० अर्ब ४ करोड वैदेशिक ऋण भुत्तानी गरेको अर्थले जानकारी दिएको छ ।

Womui
Womui