ओलम्पिक कमिटी अध्यक्षमा जीवनराम श्रेष्ठ विजयी, (अरु कोको कमिटीमा प्राप्त मत सहित)

75

छिनछिन खबर
काठमाडौं–नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षमा जीवनराम श्रेष्ठ पुनः विजयी भएका छन् ।

विशेष साधारणसभाबाट जीवनराम दोस्रो कार्यकालका लागि विजयी भएका हुन् । चार वर्षे कार्यकालको लागि भएको निर्वाचनमा उनले अध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठलाई ७ भोटले हराए । कुल २७ मतदाता रहेको निर्वाचनमा जीवनरामले १७ मत पाएका थिए भने उनका प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले १० मत प्राप्त गरे ।

यस्तै एनओसीको उपाध्यक्षमा ज्योति राणा, तेजबहादुर गुरुङ, अशोक राज बज्राचार्य, सुनिल श्रेष्ठर चतुरानन्द वैद्य विजयी भएका छन् । पुष्प दास श्रेष्ठ, राजिब श्रेष्ठ र समिम मिया अन्सारी भने पराजित भए । ५ उपाध्यक्षका लागि ८ जनाले प्रतिस्पर्धा गरेका थिए । महासचिवमा निलेन्द्र राज श्रेष्ठ निर्वा्चित भए । श्रेष्ठले पुरेन्द्र विक्रम लाखेलाई ३ मतले हराए । लाखेले १२ मत ल्याए । उप–महासचिवमा पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतन कुमार टन्डन निर्विरोध भएका छन् ।

त्यस्तै सदस्यमा रमेश प्रसाद सिवाकोटी, राम अवाले, प्रकाश शमशेर राणा, गोपाल सुन्दर लाल कक्षपति, टाँसी घले, होम बहादुर दोङ र दिर्गबहादुर केसी विजयी भएका छन् ।

Womui
Womui