न्यायका लागि दवाव स्वरुप कांग्रेस सभापति देउवाले दिउँसै दीप प्रज्वलन गर्दै

84

नेपालगन्ज, भदौं २८-
नेकपा कार्यकर्ताद्धारा गरिएको आक्रमणको घटना बुझ्न बाँके आईपुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार दिउँसै दीप प्रज्वलन गर्ने भएका छन् । दिउँसो ३ बजे स्थानीय विपी चोकमा सभापति देउवासहितको उपस्थितीमा कांग्रेस बाँकेले दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।

जिल्ला सदस्य सुधाम्सु कोईरालाले आक्रमणको घटनामा न्यायका लागि दवाव स्वरुप दीप प्रज्वलन गर्न लागिएको बताए । सरकारलाई ब्यंग्यात्मक शैलीमा दवाव दिन दिउँसै दीप प्रज्वलन गर्न लागिएको कोईरालाको भनाई छ । त्यसपछि कांग्रेस पार्टी कार्यालयमा आयोजित भेलालाई देउवाले सम्बोधन गर्नेछन् । नेपाली कांग्रेसले बाँकेमा भएको उक्त घटनाका दोषीलाई कारबाही नभएसम्म सडक र सदनमा आन्दोलन गर्ने चेतावनी दिईसकेको छ । सभापति देउवा दाङबाट बाँके आउने क्रममा कोहलपुरमा पनि केही समय कार्यकर्तालाई भेटघाट गर्ने कार्यक्रम रहेको क्षेत्र नम्बर १ का सभापति माधवराम खत्रीले बताए ।

Womui
Womui