नेपालगन्ज आएर देउवाले भने, ‘कांग्रेस कार्यकर्तामाथी आक्रमण गर्दा प्रहरी, प्रशासन रमिते बन्यो’

178

नेपालगन्ज, भदौं २८-
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाँकेको सितापुरमा आफ्ना कार्यकर्तामाथी आक्रमण हुँदा प्रहरी, प्रशासन रमिते बनेको बताएका छन् । उक्त घटनाका दोषीलाई कारबाही नहुँदा सम्म आफुहरुले निरन्तर दबाव दिने उनको चेतावनी छ । नेपाली कांग्रेस बाँकेको कार्यालयमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पुर्वप्रधानमन्त्री देउवाले भने, ‘यो घटनालाई कांग्रेसले गम्भिरता पुर्वक लिएको छ, दोषीलाई प्रहरीले अविलम्व कानुनी दायरामा ल्याओस्, नत्र सदन चल्न दिदैनौं ।’ कम्युनिष्टले कांग्रेस कार्यकर्तामाथी आक्रमण गर्दा प्रहरी, प्रशासन रमिते बनेको भन्दै आक्रोश समेत पोखे ।

उनले अगाडी थपे, ‘जनताको कर तिरेको पैसाबाट तलब खाएको पुलिस र सिडिओले शान्ति सुरक्षा दिने हो, सत्ता पक्षका गुण्डाको संरक्षण गर्ने होईन ।’ बाँकेमा भएको घटनामा प्रहरी प्रशासनले शान्ति सुरक्षाको न्युनतम दायित्व पनि पुरा नगरेको पुर्वप्रधानमन्त्री देउवाको भनाई छ । आफ्नो पार्टीको राष्ट्रिय जनजागरण कार्यक्रम भाँड्ने र जिल्ला सभापति लगायत कार्यकर्तामाथी आक्रमण गर्नेलाई कारबाही नहुँदा सम्म आन्दोलन जारी राख्ने देउवाले चेतावनी दिए ।

Womui
Womui