‘कांग्रेस नेता, कार्यकर्तालाई कुटपिट गर्नेमाथी कारबाही हुन्छ’ : गृहमन्त्री

45

काठमाडौं, भदौं २७-
गृहमन्त्री रामबहादुर थापा बादलले बाँकेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा कार्यकर्तामाथि कुटपिट गर्नेमाथि  कारवाही हुने बताएका छन्। शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले बाँकेमा कांग्रेस कार्यक्रममा भएको आक्रमण दुःखद भएको भन्दै दोषीलाई कारवाही गर्ने बताएका हुन्।

उनले भने,‘घटनामा बाँके सभापति किरण कोइरालाज्यूको हात नै भाँचिएको छ भन्ने कुरा आएको छ। यो अत्यन्तै दुःखत घटना हो। घटनामा संलग्न दोषीमाथि सरकारले कारवाही गर्छ।’ बैठकमा कांग्रेस सांसद डा. डीला संग्रौलाले बिहीबार बाँकेको खजुरा गाउँपालिका-२ सीतापुरस्थित नेपाल रेडक्रस सोसाइटीको हलमा प्रवेश गरेर नेकपाका कार्यकर्ताले कांग्रेस नेता तथा कार्यकर्तामाथि आक्रमण गरेको घटनाबारे गृहमन्त्री थापाको ध्यानाकर्षण गराएकी थिइन्।

कांग्रेस सांसद संग्रौलाले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले दोषीलाई कारबाही हुने र घटनालाई कम्युनिष्टले कांग्रेसलाई पिटेको भन्ने अर्थमा गलत प्रचारबाजी नगर्न आग्रह गरे। गृहमन्त्री थापाले कांग्रेस नेता–कार्यकर्तामाथि आक्रमण गर्ने कार्यमा संलग्न केहीलाई पक्राउ गरिसकिएको र केहीको खोजी भइरहेको बताए। शुक्रबार कार्यक्रम चलिरहेका बेला नेकपाका कार्यकर्ताको आक्रमणबाट बाँके कांग्रेसकी सभापति किरण कोइरालाको देब्रे हात भाँचिएको थियो भने दर्जनौं नेता–कार्यकर्ता घाइते भएका थिए।

Womui
Womui