रोल्पामा गएको भीषण पहिरोमा परी ६ को मृत्यु

206

छिनछिन खबर
रोल्पा– रोल्पाको थवाङ गाउँपालिका छेर्लाबाङमा गएको भीषण पहिरोमा परी ६ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको पुरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी चित्रबहादुर गुरुङले बताए ।

 

मृत्यु हुनेमा थवाङ–२ की २८ वर्षीय फिरकुमारी बुढा र उनका ४ वर्षीय छोरा असल बुढा रहेको प्रहरीले जनाएको छ । यसैगरी अर्को परिवारका जय बुढा, मूलज्योति बुढा, दिविष्टि बुढा र तिरङ बुढाको पनि मृत्यु भएको छ । छेर्लाबाङ एक हप्तादेखि पानी परिहेको थियो । निरन्तर पानी परेसँगै पहिरो जाँदा ठूलो क्षति भएको हो ।

Womui
Womui