दोषीलाई कारबाही माग गर्दै कांग्रेसको प्रर्दशन

185

नेपालगन्ज, भदौं २७-
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकर्ताले राष्ट्रिय जनजागरण कार्यक्रम बिथोल्दै नेता, कार्यकर्तामाथी सामुहिक आक्रमण गरेको विरोधमा नेपाली कांग्रेस बाँकेले शुक्रबार दिउँसो नेपालगन्जमा प्रर्दशन गरेको छ । दोस्रो चरणको राष्ट्रिय जनजागरण कार्यक्रम चलिरहेका बेला बिहीबार दिउँसो बाँकेस्थित खजुरा गाउँपालिका वडा नम्बर २ सितापुरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरु हलभित्र प्रवेश गरी जिल्ला सभापति किरण कोईरालासहित दर्जनौं नेता तथा कार्यकर्तामाथी आक्रमण गरेका थिए ।

आक्रमणबाट सभापति कोईरालाको बायाँ हात भाँच्चिएको छ, भने अन्य ब्यक्तिलाई सामान्य चोट लागेको छ । सोही घटनाको विरोध तथा दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग राख्दै बाँके कांग्रेसले करिव एक घण्टा सडकमा प्रर्दशन गरेको हो । जनजागरण अभियान अन्तर्गत शुक्रबार हुने भनिएका पुर्वनिर्धारित सबै कार्यक्रम रोकेर कांग्रेसले बिरोध प्रर्दशन तय गरेको थियो ।

घाईते सभापति कोइरालाको नेतृत्वमा भएको उक्त प्रर्दशनमा ठुलो संख्यामा कांग्रेस कार्यकर्ताहरु सहभागी भएका थिए । नेपाली कांग्रेस बाँकेको कार्यालय सुर्खेतरोडबाट सुरु भएको प्रर्दशन विपी चोकसम्म पुगेको थियो । आक्रोशित कांग्रेस नेता, कार्यकर्ताले करिव एक घण्टासम्म सडक अवरुद्ध गर्नुका साथै टायर बालेर नाराबाजी गरेका थिए ।

Womui
Womui