लुटिएका १७ बैंकको रकम फिर्ता, यी हुन् रकम फिर्ता पाउने बैंक ?

168

छिनछिन खबर
काठमाडौं–गत १४ गते चिनियाँ ह्याकरले लुटेको रकम १७ बैंकले फिर्ता पाएका छन् । चिनियाँ ह्याकरले ७ वटा बैंकका कार्ड घोटेर १७ वटा बैंक र भारतीय बैंकको समेत ३ करोड ५८ लाख रुपैयाँ लुटेका थिए ।

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) मा आवद्ध रहेका बैंकको कार्ड प्रयोग गरेर नेप्समा अवद्ध नभएका नेपालका १७ वटा बैंक र भारतको २४ वटा बैंकको एटीएम बुथ प्रयोग गरी उक्त रकम चोरी भएको नेपाल प्रहरीको र नेपाल राष्ट्र बैंकको प्रारम्भिक अनुसन्धानले देखाएको छ । नेप्सले पनि उक्त प्रकरणमा सिंङगापुरबाट फरेन्सिक एक्सपर्ट बोलाएर अध्ययन गरेको थियो । उक्त टोलिले प्रारम्भिक रिपोर्ट बुझाइसकेको छ ।

चिनीयाँ ह्याकरले चोरी गर्न प्रयोग गरेका एटीम बुथको बैंकले चोरिएको रकम पाएका छन् । एटीएम कार्ड प्रदायक भिसाले उक्त कारोबारको सेटल्मेन्ट गरेसँगै कार्ड प्रयोग भएको बैंकबाट रकम चोरी भएको बैंकमा रकम ट्रान्सफर भएको हो । भिसा कार्ड प्रयोग भएको बैकबाट एटिएम बुथ प्रयोग भएको बैंकलाई रकम सेटलमेन्ट गरेको बताइएको छ ।

भिसाले कारोबार सेटलमेन्ट गर्दा एटीएम बुथ प्रयोग भएको सेञ्चुरी बैंक, नविल बैंक, नेपाल इनभेष्टमेन्ट बैंक , लक्ष्मी बैंक, मुक्तिनाथ विकास बैंक, नेपाल बैंक, स्टान्डर्ड चाटर्ड बैंक, हिमालयन बैंक, सानिमा बैंक, एनसीसी बैंक, गरिमा विकास बैंक, कृषि विकास बैंक, मेगा बैंक, महालक्ष्मी विकास बैंक, एनएमबी बैंक, नेपाल एसविआइ बैंक र कुमारी बैंकले रकम प्राप्त गरेका छन् । त्यस्तै कार्ड प्रयोग भएको सनराइज बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई बैंक, जनता बैंक, सिटिजन्स बैंक, एनआइसी एशिया र प्रभु बैंकबाट उक्त रकम सेटल्मेन्ट भएको जनाइएको छ।

यद्यपी गरिमा विकास बैंकले भने उक्त समयमा आफ्नो बैंकबाट भएको वास्तविक कारोबारलाई पनि संकास्पद मानिएको तर कुनै चोरी नभएको जनाएको छ ।

Womui
Womui