विकास बैंक र फाइनान्स कम्पनीले समेत म्युचुअल फण्ड सञ्चालन गर्न पाउने

265

छिनछिन खबर
काठमाडौं–अब विकास बैंक तथा वित्त कम्पनीहरुले पनि सामूहिक लगानी कोष (म्युचुअल फण्ड) सञ्चालन गर्न पाउने भएका छन् । यसअघि वाणिज्य बैंकहरुले मात्रै लगानी गर्न पाउने व्यवस्था थियो ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको एकीकृत निर्देशन संशोधन गर्दै विकास बैंक र फाइनान्स कम्पनीलाई फण्ड सञ्चालन गर्न बाटो खोलेको हो । हाल ९ ओटा बैंकले १६ ओटा म्युचुअल फण्डहरु सञ्चालन गरिरहेका छन् । त्यसमध्ये १५ ओटा बन्दमुखी र एउटा खुलामुखी योजना छन् ।

वाणिज्य बैंकहरुमध्ये पनि १८ ओटा बैंकले म्युचअल फण्ड सञ्चालन नगरेको अवस्थामा समेत राष्ट्र बैंकले भने सबै बैंक तथा वित्तीय संस्थाहरुलाई पनि म्युचुअल फण्ड खोल्न दिनेगरी व्यवस्था गरेको हो ।

Womui
Womui