नेपालमा पाइपलाइनबाट तेल आपूर्ति सुरु, निगमको वार्षिक १ अर्ब १७ करोड बचत

48

छिनछिन खबर
काठमाडौं–भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्जसम्म पाइपलाइनबाट डिजल आउन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंबाट र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट एकै पटक स्वीच थिचेर पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेपछि डिजल आपूर्ति हुन थालेको हो ।

पाइपलाइनबाट पेट्रोलियम पदार्थ आउन थालेपछि ढुवानीमा नेपाल आयल निगमको वार्षिक १ अर्ब १७ करोड रुपैयाँ जोगिने निगमले जनाएको छ ।
मोतिहारीबाट अमलेखगन्जसम्मको साढे ६९ किलोमिटरको ढुवानी खर्च जोगिने बताइएको हो । त्यस दुरीमा नेपालतर्फ ३७. २५ किलोमिटर पर्दछ भने भारततर्फ ३२. २५ किलोमिटर पर्दछ ।

पाइपलाइनबाट आएको तेल काठमाडौं उपत्यका र पोखराका लागि पठाउने निगमले जनाएको छ । उक्त पाइपलाइन बनाउन ३० महिना लागेको हो । केही समयपछि पेट्रोल पनि पाइपलाइनबाट आउने बताइएको छ ।

Womui
Womui