२४५ यातायात समितिको बैंक खाता फुकुवा

125

छिनछिन खबर
काठमाडौं–सरकारले बन्द गराएको यातायात व्यवसायी समितिको बैंक खाता फुकुवा गरेको छ । सार्वजनिक यातायातमा सिण्डिकेट लादेको भन्दै सरकारले बन्द गराएको व्यवसायीको बैंक खाता १७ महिनापछि खुल्ला गरेको हो ।

गत १६ साउनमा मन्त्रिपरिषद बैठकले यातायात व्यवसायी समितिका बैंक खाता फुकुवा गर्ने निर्णय गरेको थियो । तर, यस्ता समितिहरु कम्पनीमा दर्ता भएपछि मात्रै बैंक खाता स्वतः कम्पनीको नाममा संचालन हुने व्यवस्था मिलाइने सरकारको निर्णय छ ।

यस्तै, सरकारले व्यवसायी समितिको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति स्वतः कम्पनीको नाममा सर्ने व्यवस्था पनि मिलाएको छ । सरकारले यस्तो निर्णय गरेपछि नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गर्दै बैंक खाता खुल्ला गरिदिन निर्देशन दिएको हो ।

Womui
Womui