गाडीमा यौन दुव्र्यवहार गरेको अभियोगमा पूर्व सांसद पक्राउ

45

छिनछिन खबर
काठमाडौं– सार्वजनिक यातायातमा महिलामाथि यौन दुव्र्यवहार गरेको आरोपमा पूर्व सभासद् (पूर्व सांसद) योगेन्द्र घिसिङ पक्राउ परेका छन् । घिसिङ तत्कालीन एकीकृत नेकपा माओवादीबाट २०७० सालको संविधानसभामा समानुपातिक तर्फका सदस्य थिए ।

पीडित पक्षको उजुरीका आधारमा पूर्व सभासद घिसिङलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । घिसिङलाई तत्कालीन माओवादीले यसअघि साधारण सदस्य नरहने गरी कारबाही गरिसकेको थियो । स्थानीय तहको निर्वाचनका बेला आफू निकटका व्यक्तिलाई उम्मेदवार हुन भन्दै टिकट दिएको आरोपमा उनी माओवादीबाट निष्काशनमा परेका थिए ।

Womui
Womui