निर्धक्क भएर नेपालमा लगानी गरौंः प्रचन्ड

93

छिनछिन खबर
काठमाडौं–नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको आर्थिक विकासमा लगानी गर्न चीन सरकार र चिनियाँ व्यापारी तथा लगानीकर्ताहरुलाई आव्हान गरेका छन् ।

चिनियाँ दुतावासले आयोजना गरेको नेपाल चीन व्यापार सम्बन्धि कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक स्थायीत्व कायम भएसँगै लगानी मैत्री वातावरण पनि निर्माण भएकाले निर्धक्क भएर नेपालमा लगानी गर्न आव्हान गरे । राजनीतिक स्थायीत्वसँगै नेपाल सरकार मुलुकको आर्थिक विकासलाई सम्मृद्धिको नयाँ यात्रामा रुपान्तरण गर्न चाहेको उल्लेख गर्दै उनले चिनियाँ सरकार, जनता र लगानीकर्ताबाट नेपालको आर्थिक वृद्धिको लागि सहयोग हुने कुरामा सरकार र नेपाली जनताले ठूलो अपेक्षा राखेको बताए ।
Womui
Womui