दूधको मूल्य बढ्यो, किसानलाई कति फाइदा ?

39

छिनछिन खबर
काठमाडौं– दूधको मूल्य आगामी शनिबारदेखि बढ्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउन दुग्ध विकास संस्थानलाई पत्राचार गरेपछि शनिबारबाट लागु हुनेगरी दुधको मूल्य बढाउन लागिएको हो । संस्थानका अनुसार शनिबारदेखि उपभोक्ताले हाल तिर्दै आएको मूल्यमा प्रतिलिटर ६ रुपैयाँले बढी अर्थात प्रतिलिटर ७६ रुपैयाँ तिर्नुपर्ने भएको छ ।


दुधको मूल्य बढाउन किसानहरुले आन्दोलन नै गरेपछि कृषि मन्त्रालयले समिति नै गठन गरेर अध्ययन गरेको थियो । समितिले चैतदेखि भदौंसम्म लिटरमा १० रुपैयाँ र भदौंदेखि चैतसम्म लिटरमा ६ रुपैयाँ मूल्य बढाउन सकिने प्रस्ताव गरेको थियो । सोही अनुसार दुधको मूल्य बढाउन लागिएको हो । संस्थानकाअनुसार बढेको मूल्यको ४ रूपैयाँ १६ पैसा किसानले पाउने छन् भने १ रूपैयाँ ८४ पैसा डेरी व्यवसायीले पाउनेछन् ।

किसानले वृद्धि भएको दर अनुसार नै दूध बिक्री गर्नुपर्छ । लामो समयदेखि मूल्य वृद्धि नहुँदा किसानले दुग्ध व्यवसायबाट लाभ लिन सकेका थिएनन् ।

Womui
Womui