एटिएम ह्याकिङ घटनाको सिंगापुरका विज्ञद्वारा अनुसन्धान सुरु

111

छिनछिन खबर
काठमाडौं–चिनियाँ ह्याकरले नेपालका बैंकको एटिएमबाट करोडौ रुपैयाँ लुटेपछि सिंगापुरको विज्ञहरूले अनुसन्धान सुरु गरेका छन् । अनुसन्धानमा सिंगापुरको भेरीजोन कम्पनीका प्रतीनिधिले फरेन्सिक अनुसन्धान सुरु गरेका हुन् ।

विज्ञले चोरीको घटना कसरी भयो र कून बैंकको क्षति भयो र कस्ले व्यहोर्नु पर्ने लगायतबारे यथार्थ विवरण दिने नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) का प्रमुख कार्यकारी अधिकृत प्रविण क्षेत्रीले जानकारी दिए ।
नेपालमा फरेन्सिक ल्याव टेस्टको सुविधा छैन । यससम्बनिध विज्ञ नभएकाले सिंगापुरका बिज्ञबाट यस्तो टेस्ट गराई कसरी चोरी भएको भन्ने पत्ता लगाउन लागेको हो ।

नेप्सका अनुसार यो संस्थाले भुक्तानी कार्ड सम्बन्धि अनुसन्धान गर्ने गर्दछ । यो संस्थालाई सिंगापुरको पीसीआई काउन्सिलले स्विकृत गरेको हो । उनीहरूले छिटोमा तीन दिन वा बढिमा १० दिन पनि लगाउन सक्ने छन् । राष्ट्र बैंकले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) लाई ह्याक मार्फत भएको कारोबारको फरेन्सिक ल्याब टेस्ट गर्न पत्र पठाएको थियो । फरेन्सिक ल्याव टेस्ट गर्न १० दिनसम्म लाग्ने र त्यसको रिपोर्ट आएपछि यस घटनाबारे विस्तृत जानकारी हुने राष्ट्र बैंकको भनाइ छ ।

Womui
Womui