पत्रकारको पुनर्बहाली माग राख्दै ज्ञापनपत्र

127

नेपालगन्ज, भदौं १८-

रेडियो नेपालको सूदूरपश्चिम प्रादेशिक केन्द्र दिपायलबाट निष्कासन गरिएका पत्रकारहरुको पुनर्बहाली लगायत माग राख्दै नेपाल प्रेस युनियन बाँकेले   सूचना तथा सञ्चार प्रविधि मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । केन्द्रीय कार्यक्रमअनुसार बुधबार जिल्ला प्रशासन कार्यालय बाँके मार्फत युनियनले ज्ञापनपत्र बुझाएको हो । युनियन बाँकेका अध्यक्ष  जयनारायण शाह युनियन केन्द्रीय उपमहासचिव प्रेम के सी नेपाल पत्रकार महासंघका प्रदेश न ५ का सचिव शुक्रऋषि चाैलागाई  युनियन  बाँके सचिव  अजुन अाेली लगायत प्रेस युनियनका नेता लगायत काे उपस्थिति मा बाँकेका  प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडका मार्फत  सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटालाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाइएको हो ।

सरकारी सञ्चार माध्यममा लामो समयदेखि कार्यरत पत्रकारहरुलाई बिना कारण जागिरबाट निष्काशन गर्ने तथा करार अवधि थप नगर्ने जस्ता कार्यहरुप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख छ । रेडियो नेपाल सुदूरपश्चिम प्रादेशिक केन्द्र दिपायलमा लामो समयदेखि कार्यरत पत्रकारहरु प्रकाश बम, सुनिता रावल र चक्रबहादुर कुवँरलाई राजनीतिक पूर्वाग्रह साँधेर रेडियो प्रसार विकास समितिले कामबाट हटाईएको भन्दै पनुर्बहाली गर्न माग गरिएको छ । साथै अन्य सरकारी सञ्चारमाध्यममा पनि वर्तमान सरकारले लामो समयदेखि काम गरिरहेका व्यवसायिक पत्रकारलाई निष्कासन गरी आफ्ना पार्टीका कार्यकर्ता भर्ती गर्ने तथा स्टिङगरको म्याद थप नगरेकोप्रति पनि युनियनले ध्यानाकर्षण भएको बताएको छ ।

सरकारले मिडिया काउन्सिल विधेयक सरोकारवाला संघसस्थासँग कुनै सल्लाह र परामर्श नगरी एकाएक राष्ट्रियसभाबाट प्रक्रिया अघि बढाएकोप्रति पनि आपत्ति जनाइएको छ । संसदमा रहेका दलहरुको सहमतिबाटै मिडिया काउन्सिल लगायत विधेयक पारित गर्नुपर्ने युनियनकोमाग छ । विवादास्पद प्रावधानलाई राखेर प्रेस काउन्सिलले असोज ६ गतेबाट आचारसंहिता लागू गर्ने भनिएकोमा पनि असहमति रहेको युनियने बताएको छ । प्रेस स्वतन्त्रता विरोधी कुनै पनि क्रियाकलाप सह्य नहुने भन्दै युनियनले आफूहरुको माग पूरा नभए अर्को चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ ।

Womui
Womui