सहकारीको रकम अपचलन प्रकरण : वडाध्यक्ष पाठक र बर्मा तानिए

102

नेपालगन्ज, भदौं १८-
सहकारी संस्थाको रकम अपचल मुद्दाको अनुसन्धान गर्दै जादाँ नेपालगन्ज उपमहानगरपालिकाका वडाध्यक्ष अजयकुमार पाठक र दीपककुमार बर्मा तानिएका छन् । रकम अपचलन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष पाठक र वडा नम्बर १८ का वडाध्यक्ष बर्मालाई पनि अनुसन्धानको दायरामा ल्याएको हो ।

वडाध्यक्षद्धय विरुद्ध पक्राउ पुर्जी समेत जारी भईसकेको छ । २०५१ सालमा स्थापना भएको उक्त सहकारीले ग्राहकबाट संकलन गरेको कुल ५२ करोड रुपैयाँ मध्ये २६ करोड हिनामिना गरेको छानविनबाट पत्ता लागेको छ । आफुहरु पनि उक्त प्रकरणमा तानिने संकेत पाएपछि दुबै जना फरार भएका छन् । प्रहरीले उनीहरुको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । वडाध्यक्ष पाठक र बर्मा विरुद्ध अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर ओलीले पुष्टी गरेका छन् ।

वडाध्यक्ष पाठक र बर्मा भारततर्फ फरार भएको हुन सक्ने प्रहरीको आशंका छ । पाठक यसअघि उक्त सहकारी संस्थाको उपाध्यक्ष तथा बर्मा कार्यसमिति सदस्य र कर्जा लगानी उपसमितिमा रहेका थिए । प्रहरीले उनीहरु विरुद्ध सहकारी संस्थाको रकम अपचलन मुद्दामा अनुसन्धान गरिरहेको छ ।

Womui
Womui