बागेश्वरी मन्दिरका सटर ब्यापारी भन्छन्– ‘गुठी समितिले सहमति पालना गरोस्’

109

नेपालगन्ज, भदौं ११-
बागेश्वरी मन्दिरको सटरमा ब्यवसाय गर्दै आएका ब्यापारीले आफुहरुसँग भएको सहमति पालना गरी गुठी ब्यवस्थापन समिलिे आफुहरुको ब्यवस्थापन गर्नुपर्ने माग गरेका छन् ।

मन्दिर परिसरमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो माग गरेका हुन् । नेपालगन्ज उपमहानगरपालिकाले घरबारी टोल सडक बिस्तारका क्रममा मन्दिरको दक्षिण पश्चिम तर्फका १७ वटा सटर भत्काएको थियो । उक्त सटरमा आफुहरुले सदियौंदेखी पसल सञ्चालन गरी जिविकोपार्जन गर्दै आएकोमा बागेश्वरी गुठी ब्यवस्थापन समितिले ५ महिना पुगिसक्दा पनि अझै तयार नभएको ब्यवसायीले गुनासो पोखे ।

मन्दिर छेउमा ब्यवस्थित खालका सटर निर्माण गरिदिने सहमतिमा आफुहरुले गुठी ब्यवस्थापन समितिलाई २ लाख रुपैयाँका दरले अग्रिम रकम दिएको र अहिलेसम्म सटर निर्माणको कुनै सुरसार नभएको दुखेसो पोखे । ब्यवसायी आशिष श्रीवास्तवले बैंकबाट ऋण ल्याएर गुठी ब्यवस्थापन समितिलाई अग्रिम रकम बुझाएको, तर सटर निर्माणको काम अझै सुरु नभएको भन्दै आफुहरु अन्यायमा परेको बताए । अर्का ब्यवसायी निर्मला बैश्यले सटर निर्माण नहुँदा आफ्नो ब्यापार ब्यवसाय ठप्प भएको र परिवारको लालन पालन गर्न समस्या भईरहेको पीडा पोखिन् ।

Womui
Womui