महेन्द्र बहुमुखी क्याम्पसका बिद्यार्थी संगठन आन्दोलित

233

नेपालगन्ज, भदौं ११-
महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका विद्यार्थी संगठन आन्दोलित भएका छन् । उनीहरुले क्याम्पस प्रमुखलाई क्याम्पस प्रवेश गर्न नदिने चेतावनी समेत दिइसकेका छन् । क्याम्पस प्रशासन समक्ष विभिन्न मागहरु राख्दै ध्यानाकर्षण गराएपनि अहिलेसम्म वास्ता नगरेको उनीहरुको आरोप छ । विभिन्न चार विद्यार्थी संगठनले क्याम्पस प्रमुखलाई क्याम्पस प्रवेश गर्न नदिने विज्ञप्तीमार्फत चेतावनी दिएका हुन् । माग पूरा गर्न कुनै चासो नदेखाएकाले आन्दोलनमा उत्रन बाध्य भएको विद्यार्थी संगठनहरुले जनाएका छन् ।

विज्ञप्ती जारी गर्नेमा नेपाल बिद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पसका अध्यक्ष चन्द्र प्रकाश देवकोटा, अखिल (क्रान्तिकारी) उपाध्यक्ष ध्रुव जोशी, अनेरास्ववियु सचिव प्रकाश बि.क. र समाजवादी बिद्यार्थी युनियनका प्रतिनिधी संगम पोखरेल रहेका छन् । भदौं ५ गते संयुक्त विज्ञप्ती मार्फत् विद्यार्थी संगठनहरुले शैक्षिक क्यालेण्डर अनुसार नियमित पठनपाठनको व्यवस्था हुनुपर्ने, विभिन्न संकाय अन्तर्गत्का कार्यक्रमहरुमा मनोमानी ढंगले शुल्क बृद्धि भएकाले बैज्ञानिक शुल्क निर्धारण गर्नुपर्ने, सेमेस्टेर कार्यक्रमहरुमा अपारदर्शी ढंगले वितरण गरिएका छात्रबृत्तिलाई खारेज गरी त्रिभुवन विश्व विद्यालयको नियम अनुसार पारदर्शी ढंगले वितरण गर्नुपर्ने लगायत माग राखेका थिए ।

Womui
Womui