समाजवादी विद्यार्थी युनियनको उपाध्यक्षमा धमला

98

नेपालगन्ज, भदौं ११-
समाजवादी पार्टीको जनवर्गीय संगठनको रुपमा रहेको समाजवादी विद्यार्थी युनियनको उपाध्यक्षमा टंकप्रसाद धमला चयन भएका छन् । तत्कालीन नयाँ शक्ति पार्टी र सघीय समाजवादी फोरमको एकतापछि बनेको समाजवादी पार्टीको विद्यार्थी संगठन समायोजन कार्यक्रममा २७ बर्षिय धमाला सर्वसम्मत रुपमा उपाध्यक्ष बनेका हुन् ।

भेलाले रुपनारायण श्रेष्ठको अध्यक्षतामा १६१ सदस्यीय कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित उपाध्यक्ष धमला तत्कालिन नयाँ शक्ति विद्यार्थी युनियनको उपमहासचिव थिए । धमला तत्कालीन नेकपा(माओवादी) को विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) मा २०६० सालदेखी जोडिएर २०७२ सालमा देशमा संविधानसभा मार्फत संविधान बनिसकेपछी डा. बाबुराम भट्टराईले देशमा नयाँ राजनीतिक अभियानको उदघोष गरेपछी नयाँ शक्ति तिर लागेका थिए । नयाँ शक्ति मा हुदा नयाँ शक्ति विद्यार्थी युनियनको कर्णाली प्रदेश इन्चार्ज को भुमिका पनि कुशलता पुर्वक निर्वाह गरिसकेका धमला पश्चिम तिरका चर्चित युवा विद्यार्थी नेता हुन।

धमलाले भौतिकशास्त्रमा स्नातक र राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका छन् । विद्यार्थी संगठनको वरिष्ठ उपाध्यक्षमा रमेश यादव, उपाध्यक्षमा टंकप्रसाद धमाला,नेत्र चापागाईं, सुवास लाबुङ, राजेन्द्र ओली ‘विवेक’, रीता यादव, ईश्वर अधिकारी, विशाल आङ्दम्बे, सञ्जय राई र दीपेश यादव चयन भएका छन् । त्यस्तै महासचिवमा वरुण यादव र उपमहासचिवमा नेम्बर राई, सुष्मा देवकोटा, प्रकाश चाम्लिङ, बलबहादुर रम्तेल, रजनी श्रेष्ठ र दिनेश दङ्गाल चयन गरिएको छ । सचिवहरुमा अमोद यादव, भरत लिसानी, रामचन्द्र राई, रामबहादुर भण्डारी, सुजीव गिरी, रेशम सापकोटा, सुवास राई, रमानन्द शाह, मनिष यादव र हेमराज थापा तथा कोषाध्यक्षमा ओमनारायण थारु चयन भएका छन् ।

Womui
Womui