सुनको भाउमा नयाँ रेकर्ड, तोलाको ७२ हजार ५ सय

104

छिनछिन खबर
काठमाडौं–सुन तोलाको ७२ हजार ५ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । साउन सुरुदेखि नै सुनको मूल्य उकालो लाग्न थालेको थियो ।

साउनमा सुनको मूल्य प्रतितोला ७ हजारले वृद्धि भएको थियो । भदौ लागेपछि पनि दुईपटक मूल्यवृद्धि भएको छ । भदौमा छापावाल र तेजाबी सुन प्रतितोला १ हजार ५ सयले वृद्धि भएको छ । साउन १ मा छापावाल सुन प्रतितोला ६४ हजार ५ सय, तेजाबी ६४ हजार २ सय र चाँदी प्रतितोला ७ सय ४५ मा कारोबार भएको थियो ।

साउन ३१ र ३२ गते छापावाल सुन प्रतितोला ७१ हजार ५ सय, तेजाबी ७१ हजार २ सय तथा चाँदी प्रतितोला ८ सय ४० मा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा आइतबार सुनको मूल्य प्रतिऔँस १ हजार ५२८.५० अमेरिकी डलर पुगेको छ ।

अन्तर्रा्ष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा परेको हो । अमेरिकी डलरको दर बढेसँगै सुनको मूल्य पनि वृद्धि हुन थालेको हो । चीन–अमेरिका व्यापार टकराव, इरान–अमेरिका विवादले पनि सुनको भाउ बढाउन सहयोग गरेको बताइन्छ ।

Womui
Womui