चितवनमा दिनभर भेला र प्रदर्शन प्रतिबन्ध

52

छिनछिन खबर
चितवन–जिल्ला प्रशासन कार्यालयले चितवनले सदरमुकाम भरतपुर र आसपासका क्षेत्रमा सोमबार दिनभर प्रर्दशन र भेला गर्न प्रतिबन्ध लगाएको छ । सञ्चारकर्मी रवि लामिछानेको अदालतमा बयान हुने भएपछि प्रशासनले भेला र प्रदर्शनमा रोक लगाएको हो ।

विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालयलले हुलदंगा र अशान्ति हुनसक्ने भन्दै सुरक्षा सर्तकता अपनाउन भेला र प्रदर्शनमा रोक लगाएको जनाएको छ । रविका पक्षधरहरुले भने केही दिनदेखि सडकमा विरोध गरिरहेका छन् ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन सम्बन्धी अनुसन्धान अभियोजन र न्यायिक निरुपणका सिलसिलामा रवि न्यायिक हिरासतमा छन् ।

Womui
Womui