८० करोड बक्यौता नतिरेपछि हेलो मोवाइल कम्पनीको लाइसेन्स खारेज

39

छिनछिन खबर
काठमाडौं–नेपाल दूरसञ्चार प्राधिकरणले अजयराज सुमार्गीको हेला नेपालको अनुमति खारेज गरेको छ ।

प्राधिकरण बोर्ड बैठकले व्यवसायी सुमार्गीको स्वामित्वमा रहेको मोवाइल कम्पनीको लाइसेन्स खारेज गर्ने निर्णय गरेको अध्यक्ष पुरुषोत्तम खनालले बताए । सुमार्गीले हेलो मोवाइल कम्पनीको रोयल्टी र नवीकरण शुल्कबापत ८० करोड रुपैयाँ सरकारलाई तिर्न बाँकी छ ।

तोकिएको समयमा ८० करोड रुपैयाँ नतिरेपछि कम्पनीको लाइसेन्स खारेज गरिएको प्राधिकरणले जनाएको छ । रोयल्टी र नवीकरण शुल्क बुझाउन प्राधिकरणले जेठ मसान्तसम्मको समयसिमा दिएको थियो । त्यसपछि पनि प्राधिकरणले भदौ १ सम्म मौका दिएको थियो । भदौ १ मा पनि नबुझाएका कारण लाइसेन्स खारेज गर्नु परेको प्राधिकरणले जनाएको छ ।

Womui
Womui