पूर्वयुवपराज पारसद्धारा प्रहरीमाथी र्दुव्यवहार

150

छिनछिन खबर
काठमाडौं,भदौ २ । पूर्वयुवपराज पारस शाह फेरी विवादमा परेका छन् । थाइल्याण्ड जान लागेका छोरा र भान्जालाई पठाउन त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल पुगेका पारसले डिउटीमा बसेका प्रहरीले छोरा र भान्लाई चेक जाँच गर्न थालेपछि प्रहरीमाथी अभद्र ब्यवहार गरेका छन् । विमानस्थलको भीआइपी कक्षको सुरक्षामा खटिएका सइलाई उनले धकेलिदिएका थिए । सईलाई धकेलेको भिडियो फुटेज सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

छोरा र भान्जालाई सईले चेकजाँच गर्न थालेका मात्र थिए, पासले उनलाई हातपात गरे । पूर्वराजा ज्ञानेन्द्र शाह, पारस पत्नी हिमानी र छोरी पूर्णिका केही समयअघि नै थाइल्याण्ड पुगिसकेका छन् । आइतवार छोरा र भान्जसँग पूर्व रानी कोमल शाह थाइल्याण्ड जाँदै थिइन । उनीहरुलाई विदाई गर्न विमानस्थल पुगेका पारस विवादमा परेका छन् ।

ड्युटीमा रहेका प्रहरीलाई हातपात गरेको भन्दै सामाजिक सञ्जालमा पारसमाथी सार्वजनिक अपराधमा मुद्धा चलाउन माग गरिएको छ । तर अभद्र ब्यवहारमा परेका सईले भने कुनैपनि उजुरी गरेका छैनन् ।

Womui
Womui