वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन

32

छिनछिन खबर
काठमाडौं,साउन ३२ । वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा निधन भएको छ ।थुप्रै चर्चित चलचित्रहरुमा हभिनय गरेकी अधिकारीको शनिबार बिहान डल्लुस्थित आफ्नै निवासमा निधन भएको हो ।

केही वर्षदेखि दम रोगबाट पीडित अधिकारीको जन्म २००४ सालमा भएको थियो ।उनले पाँच वर्षको उमेरमै सरस्वती सदन (क्याम्पस) मा शास्त्रीय नृत्य गरेकी थिइन् ।उनका १ छोरा र छोरी छन् ।उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Womui
Womui