नेकपाले लगायो सबै विभागको टुंगो (यी हुन् जिम्मेवारी पाउनेहरू )

109

छिनछिन खबर
काठमाडौं–लामो समयको रस्साकस्सीपछि नेकपाले सवै विभाग प्रमुखको टुंगो लगाएको छ । त्यस्तै सात प्रदेशमा १४ सहइन्चार्ज थप गरिएका छन् । े नेकपा सचिवालय बैठकले सवैभन्दा पेचिलो बनेको पार्टी स्कूल विभागसहित ३२ विभागको प्रमुख चयन गरेको हो ।

पार्टी स्कुल बिभागको प्रमुखमा सचिवलाय सदस्य ईश्वर पोखरेल, संगठन विभागमा बामदेव गौतम, प्रचार विभागमा नारायणकाजी श्रेष्ठलाई चयन भएका छन् । त्यसैगरी विदेश विभागमा माधव नेपाल, अर्थ विभागमा सुरेन्द्र पाण्डे, पर्यटन विभाग योगेश भट्टराई, नीति अध्ययन प्रतिष्ठान विभागमा, झलनाथ खनाललाई चयन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बैठकले नेकपाभित्र जिम्मेवारी नपाएका प्रभावशाली १४ केन्द्रीय सदस्यलाई भूगोलको जिम्मेवारी दिएको छ ।

प्रत्येक प्रदेशमा २÷२ जनाका दरले १४ केन्द्रीय सदस्यलाई प्रदेशको सहइन्चार्ज बनाइएको छ ।

यी हुन् जिम्मेवारी पाउनेहरू

Womui
Womui