सप्तरीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, ४ घाइते

112

छिनछिन खबर
बुटवल,साउन ३२ । आज विहान रुपन्देहीको तित्तलोतमा नगरपालिकाबाट हिँडेको गाडी सप्तरी जिल्लामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।

सप्तरी जिल्लाका प्रहरी प्रमुख एसपी मनोजकुमार यादवका अनुसार तिलोत्तमा नगरपालिकाको बा १६ च २२३५ नम्वरको पिकअप बलेरो जीप सप्तरीको कन्चनपुर नगरपालिका वडा नम्वर ११ बक्साहचोकमा दुर्घटना हुँदा पत्रकार डायल्सन अधिकारीको मृत्यु भएको छ । यस्तै चालक अशोक भण्डारीको अबस्था गम्भीर रहेको छ ।

दुर्घटनामा वडाध्यक्षद्वय सोहन चौधरी, तामानाथा पाण्डे र व्यापार संघका अध्यक्ष जेपी कँडेल पनि घाइते भएका छन् ।उनीहरुलाई उपचारका लागि विराटनगर पठाईएको यसपी यादवले बताए । दुर्घटनामा परेकाहरु मोरङ्गमा हुन गइरहेको लगानी सम्मेलनमा जाँदै थिए ।

Womui
Womui