रवि लामिछानेलाई पाँच दिन थुनामा राख्न अनुमति

42

छिनछिन खबर
काठमाडौं– पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानविनको लागि पक्राउ परेका न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछानेसहित तीन जनालाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

लामिछानेसहित पत्रकार युवराज कँडेल, र ओखलढुङ्गाकी नर्स अस्मिता कार्कीलाई म्याद थप गर्न जिल्ला अदालत उपस्थित गराएपछि अनुसन्धानका लागि म्याद थप भएको हो । चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो ।

Womui
Womui