नेकपा स्कुल विभाग प्रमुखमा ईश्वर पोखरेल

76

छिनछिन खबर
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले ३३ वटै विभाग टुंगो लगाएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको स्कुल विभाग प्रमुखको जिम्मेवारी ईश्वर पोखरेलले पाएका छन् ।

नेकपा सचिवालयको बैठकले पोख्रेललाई स्कुल विभागको जिम्मेवारी दिएको हो । स्कुल विभागमा पूर्वमाओवादीबाट नारायणकाजी श्रेष्ठ र पूर्वएमालेबाट ईश्वर पोखरेलले दाबी गर्दै आएका थिए । सोही बैठकले संगठन विभाग प्रमुखको जिम्मेवारी बामदेव गौतमलाई दिएको छ ।

विदेश विभाग प्रमुखमा माधवकुमार नेपाल, प्रचारमा नारायणकाजी श्रेष्ठ, नीति तथा प्रतिष्ठानमा झलनाथ खनाल र अर्थ विभागको प्रमुखमा सुरेन्द्र पाण्डेलाई जिम्मेवारी दिइएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

Womui
Womui