विदेश भ्रमणमा २९ करोड स्वाहा, यस्तो छ खर्चको विवरण

39

छिनछिन खबर
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली सरकारले एक वर्षमा झन्डै २९ करोड रुपैयाँ विदेश भ्रमणमा खर्च गरेको छ । अर्थ मन्त्रालयले गत आर्थिक वर्ष २०७५÷०७६ मा भ्रमण खर्च शीर्षकमा २८ करोड ७७ लाख ९२ हजार ६ सय ८० रुपैयाँ निकासी गरेको छ । अर्थ मन्त्रालयले गत आवमा साउन र असोज महिनामा भ्रमण खर्च शीर्षकमा रकम निकासी नगरे पनि अन्य १० महिनामा मासिक सरदर ३ करोड रुपैयाँको हाराहारीमा रकम निकासा गरेको छ । यो रकम भ्रमणका लागि नियमित विनियोजन रकमभन्दा बाहेक अर्थ मन्त्रालयले भ्रमण खर्च शीर्षकमा निकासी गरेको रकम हो।

कुन महिना कति खर्च ?

२०७६ असार
–अर्थ मन्त्रालयले २०७६ असार महिनामा भ्रमण खर्च शीर्षकमा ७ करोड १२ लाख ३९ हजार २ सय ९४ रुपैयाँ निकासी गरेको छ ।
–उपराष्ट्रपति नन्द हादुर पुनको अष्ट्रिया भ्रमण खर्च शीर्षकमा एक करोड ३७ लाख ५३ हजार २ सय ५० रुपैयाँ ।
–शहरी विकास मन्त्रालयको ३ सदस्य टोलीको केन्याको नैरोवी भ्रमण खर्च शीर्षकमा ९ लाख ७० हजार ७ सय ३१ रुपैयाँ खर्च ।
–उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको युनाइटेड वर्ल्ड इन्भेस्टमेन्ट फोरममा सहभागी हुन जाँदा भएको खर्चका आयोजकले नतिरेको खर्च शीर्षकमा ३ लाख ७६ हजार ६ सय १० रुपैयाँ ।
– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन भारत भ्रमणमा गएका प्रधानमन्त्री केपी ओलीसहितको भ्रमण टोलीको खर्च शीर्षकमा १२ लाख २१ हजार ६ सय ७५ रुपैयाँ ।
–विभिन्न समयमा भएको प्रधानमन्त्री केपी ओलीको विदेश भ्रमणमा भएको खर्च शीर्षकमा मात्रै एकमुष्ट ४ करोड ३७ लाख ५३ हजार २ सय ५० रुपैयाँ ।
–खेलकुद मन्त्रीको रसिया भ्रमण खर्च शीर्षकमा ४ लाख १ हजार ९ सय ६२ रुपैयाँ
–उद्योग मन्त्रीको चीन भ्रमण खर्च शीर्षकमा ३ लाख ९९ हजार ४ सय ५५ रुपैयाँ
– विभिन्न मन्त्रालयको भ्रमण खर्च शीर्षकमा २१ लाख ८३ हजार ८ सय १ रुपैयाँ
– स्वास्थ्य मन्त्रीको जेनेभा भ्रमण खर्च शीर्षकमा ११ लाख ८४ हजार ८ सय १२ रुपैयाँ खर्च ।
–सर्वोच्च अदालतका प्रधानन्यायाधीशको भ्रमण खर्च शीर्षकमा २२ लाख ६ हजार ९ सय ३७ रुपैयाँ खर्च ।
– अर्थ मन्त्रालयको भ्रमण शीर्षकमा १ लाख ६५ हजार रुपैयाँ खर्च ।
– कृषि मन्त्रीको भुटान भ्रमण खर्च शीर्षकमा ७३ हजार ७ सय २९ रुपैयाँ ।
–सार्वजनिक लेखा समितिसहितको भ्रमण टोलीको खर्च शीर्षकमा ४१ लाख ९३ हजार ५ सय ५७ रुपैयाँ ।
– वातावरण मन्त्रीको भ्रमण शीर्षकमा ३ लाख ५३ हजार ३ सय २५।

२०७६ जेठ
अर्थ मन्त्रालयले २०७६ जेठमा ५ करोड ५१ लाख रुपैयाँ सरकारी भ्रमणमा खर्च भएको उल्लेख गरेको छ
राष्ट्रपति विद्यादेवी भण्डारीको ९ दिने चीन भ्रमण खर्च शीर्षकमा ३ करोड ९ लाख ५५ हजार रुपैयाँ
बैसाख २६ गतेदेखि ७ दिनको भियतनाम र कम्बोडिया भ्रमणमा गएको प्रधानमन्त्रीको टोलीको भ्रमण खर्च शीर्षकमा २ करोड १२ लाख ८५ हजार रुपैयाँ।
राष्ट्रिय सूचना आयोगका आयुक्त कुमार पोखरेल र यशोदादेवीको दक्षिण अफ्रिका भ्रमण खर्च शीर्षकमा ८ लाख ५१ हजार ३ सय ५० रुपैयाँ
मुख्यसचिवसहित ४ जनाको टोलीले इजिप्ट र इजरायल भ्रमण खर्च शीर्षकमा १३ लाख ५६ हजार रुपैयाँ
वनमन्त्रीको दोहा भ्रमणमा ७ लाख ४ हजार रुपैयाँ

२०७६ बैसाख
अर्थ मन्त्रालयले २०७६ बैसाखमा कूल २ करोड ७५ लाख २६ हजार ५ सय २२ रुपैयाँ विभिन्न व्यक्तिको भ्रमण टोलीमा भएको खर्चको नाममा रकम निकासा गरेको छ। यसमा निम्न व्यक्तिको भ्रमणका नाममा निम्नलिखित रकम खर्च भएको देखिन्छ
रक्षामन्त्रीको टोलीले न्युयोर्क भ्रमणमा गरेको खर्च ९ लाख ५५ हजार २ सय ४५ रुपैयाँ
नेपाल कानुन आयोगमा अध्यक्ष माधव पौडेलसहतिको ३ सदस्यीय टोलीको जिम्बाबे भ्रमणमा १० लाख ८० हजार ४ सय ३२ रुपैयाँ
उद्योगमन्त्री मातृका यादवसहितको २ सदस्य टोलीले दुबई र बराइन भ्रमणमा गरेको खर्च ८ लाख ३८ हजार ९ सय ८ रुपैयाँ
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवसहित २ सदस्यीय टोलीले न्युयोर्क भ्रमणमा गरेको खर्च १३ लाख ९१ हजार ४ सय ६० रुपैयाँ
विभिन्न कार्यक्रममा सहभागी हुन विदेश भ्रमण गएका पदाधिकारीको नाममा अर्थ मन्त्रालयको भ्रमण शीर्षक ५३ लाख ७८ हजार ८ सय ५६ रुपैयाँ
उद्योगमन्त्री सहितको चीन भ्रमण टोलीको भ्रमण शीर्षकमा ५ लाख ३९ हजार १ सय ५६ रुपैयाँ
संयुक्त राष्ट्र संघको दोस्रो उच्चस्तरीय भ्रमणमा परराष्ट्रमन्त्री सहितको भ्रमण टोलीले गरेको खर्च १८ लाख ७० हजार ३ सय ९० रुपैयाँ
संयुक्त राष्ट्रसंघको ७३औं महासभामा सहभागी राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण टोलीको लागि १ करोड ६२ लाख १५ हजार ३ सय ४४ रुपैयाँ
खेलकुदमन्त्री सहितको न्युयोर्क भ्रमण टोलीले गरेको खर्च ६ लाख ४८ हजार १ सय ९१ रुपैयाँ

२०७५ चैत
२०७५ चैतमा अर्थ मन्त्रालयले विभिन्न भ्रमण शीर्षकमा कूल ८२ लाख ७२ हजार ४ सय ९ रुपैयाँ रकम निकासा गरेको छ
वर्ल्ड हेल्थ अर्गनाइजेसनको ७१ औं क्षेत्रीय सम्मेलनमा सहभागी डा विकास देवकोटाको भ्रमणमा खर्च भएको १ लाख ३७ हजार ८ सय ३७ रुपैयाँ
मानवअधिकार परिषद्को ४०औं सम्मेलनमा सहभागी परराष्ट्रमन्त्रीको भ्रमण टोलीले खर्च शीर्षकमा ४४ लाख ४१ हजार ७ सय ६७ रुपैयाँ
ग्लोबल हेल्थ डिजिटल पार्टनरसिप सम्मेलनका लागि भारत भ्रमणमा गएको स्वास्थ्यमन्त्रीको टोलीले गरेको खर्च २ लाख १ हजार ७ सय २ रुपैयाँ
सञ्चारमन्त्रीको स्पेन भ्रमण टोलीको खर्च २६ लाख १० हजार ९ सय ८४ रुपैयाँ
कृषि राज्यमन्त्रीको भ्रमण टोलीले इटाली जाँदा गरेको खर्च ८ लाख ८० हजार १ सय १९ रुपैयाँ

२०७५ फागुन
२०७५ फागुन महिनामा सरकारी कोषबाट भुक्तानी हुने १ करोड ९५ लाख ८३ हजार ६ सय ३८ रुपैयाँ बराबरका भ्रमण भएका छन्
उद्योगमन्त्रीको भारत भ्रमणमा २ लाख ६६ हजार ६ सय ५१ रुपैयाँ
तत्कालीन पर्यटनमन्त्री स्व रविन्द्र अधिकारीको भारत भ्रमण खर्च शीर्षकमा २ लाख ६१ हजार ८ सय ९७ रुपैयाँ
प्रधानमन्त्री विश्व आर्थिक मञ्चको डाभोस सम्मेलनमा सहभागी हुँदा १ करोड ८१ लाख ३५ हजार ७ सय २६ रुपैयाँ
कृषिमन्त्री चक्रपाणि खनालको इटाली भ्रमणमा भएको खर्च ९ लाख १९ हजार ३ सय ६४ रुपैयाँ

२०७५ माघ
२०७५ माघ महिनामा अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयको नाममा भ्रमण शीर्षकमा ७३ लाख २७ हजार ८० रुपैयाँ निकासा गरेको छ ।
परराष्ट्रमन्त्रीको अमेरिका भ्रमणमा २६ लाख ४१ हजार ८ सय २८ रुपैयाँ।
पराराष्ट्र मन्त्रालयका विभिन्न पदाधिकारीको भ्रमण खर्च शीर्षकमा ३७ लाख ५ हजार ९ सय ३१ रुपैयाँ
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको युएई भ्रमण शीर्षकमा ५ लाख ५६ हजार २ सय ८० रुपैयाँ
युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारको भारत भ्रमण शीर्षकमा १ लाख ८० हजार ६ सय ८० रुपैयाँ
उद्योगमन्त्री मातृका यादवको भारत भ्रमण शीर्षकमा २ लाख ४२ हजार ३ सय ६१ रुपैयाँ

२०७५ पुस
२०७५ पुसमा अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयको भ्रमण खर्च शीर्षकमा कूल ७ करोड २१ लाख ५८ हजार २ सय ६० रुपैयाँ निकासा गरेको छ
वन तथा वातावरणमन्त्रीको बेलायत भ्रमण खर्च शीर्षकमा ३ लाख १६ हजार ८ रुपैयाँ
राष्ट्रपतिको पोल्यान्ड भ्रमण खर्च शीर्षकमा २ करोड १ लाख ४२ हजार ६ सय ६५ रुपैयाँ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भियतनाम भ्रमण शीर्षकमा ४१ लाख २९ हजार ५ सय २४ रुपैयाँ ।
सञ्चार तथा सूचना प्रवधिमन्त्री गोकुल बाँस्कोटासहितको टोलीको भारत, दुबई, जर्मनी र स्वीट्जरल्यान्डको भ्रमण खर्च शीर्षकमा १९ लाख २७ हजार ६ सय ६३ रुपैयाँ
प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली राष्ट्रसंघको ७३औं महासभा र कोस्टारिकाको औपचारिक भ्रमण खर्च शीर्षकमा ४ करोड ३७ लाख ८० हजार ९ सय ८० रुपैयाँ।
नेपाली सेनाका सहसेनानीको नेतृत्वमा रहेको २३ जनाको टोलीले कम्बोडिया भ्रमणमा गरेको खर्च शीर्षकमा १८ लाख ४१ हजार ७ सय रुपैयाँ

२०७५ मंसिर
अर्थ मन्त्रालयले २०७५ मंसिर महिनामा भ्रमण खर्च शीर्षकमा २ करोड ५ लाख ८१ हजार ४ सय ५२ रुपैयाँ निकासा गरेको छ ।
राष्ट्रिय योजना आयोगमा माननीय सदस्य कृष्णप्रसाद ओलीको कोरिया भ्रमण शीर्षकमा ३ लाख ६६ हजार ६ सय १२ रुपैयाँ
–स्वास्थ्यमन्त्री उपेन्द्र यादवसहित टोलीको भारत भ्रमण खर्च शीर्षकमा ४ लाख २० हजार ५ सय ३० रुपैयाँ
–डा शुशीलनाथ प्याकुरेलको अमेरिका भ्रमण खर्च शीर्षकमा २ लाख ६० हजार ७ सय ६२ रुपैयाँ ।
– उद्योगमन्त्री र सचिवसहितको भ्रमण टोलीले वर्ल्ड इन्भेस्टमेन्ट फोरमको भ्रमणमा जाँदाको खर्च ७ लाख ७३ हजार ८ सय ८५ रुपैयाँ
– नेपाल–भारत जल यातायातसम्बन्धी ७ सदस्यीय प्राविधिक टोलीको अध्ययन भ्रमण खर्च शीर्षकमा ८ लाख २३ हजार ८ सय ७४ रुपैयाँ।
–राष्ट्रपतिको कतार भ्रमण खर्च शीर्षकमा १ करोड २० लाख २४ हजार ७ सय ७५ रुपैयाँ
–कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीको जापान भ्रमण खर्च शीर्षकमा १३ लाख ८१ हजार ४ सय २२ रुपैयाँ
–स्वास्थ्यमन्त्रीको बेलायत भ्रमण खर्च शीर्षकमा ५ लाख ४ हजार ३ सय ११ रुपैयाँ
–स्वास्थ्यमन्त्रीको काजकिस्तान र स्विट्जरल्यान्ड भ्रमण खर्च शीर्षकमा १३ लाख ६३ हजार २ सय ७२ रुपैयाँ ।
–महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्रीको स्विट्जरल्यान्ड भ्रमण खर्च शीर्षकमा ११ लाख ९१ हजार १ सय २६ रुपैयाँ
–उद्योग सचिवको नेतृत्वमा अमेरिका गएको भ्रमण टोलीको भ्रमण खर्च शीर्षकमा १४ लाख ७० हजार ८ सय ८३ रुपैयाँ

२०७५ कात्तिक
यसैगरी अर्थ मन्त्रालयले २०७५ को कात्तिक महिनामा कूल ५३ लाख ९७ हजार ६ सय ४३ रुपैयाँ रकम भ्रमण शीर्षकमा निकासा गरेको थियो
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव सहितको टोलीको फ्रान्स भ्रमण खर्च शीर्षकमा ४ लाख ८० हजार ६ सय ३३ रुपैयाँ
उद्योग, वाणिज्य तथ आपूर्ति सचिवको चीन भ्रमण खर्चमा दिइएको पकेट खर्च शीर्षकमा ३६ हजार रुपैयाँ ।
–विभिन्न मितिमा अर्थ मन्त्रालयबाट विभिन्न कार्यक्रममा सहभागी हुन जानेहरुहरुले गरेको भ्रमण खर्च शीर्षकमा ३५ लाख ७७ हजार रुपैयाँ
–रक्षामन्त्री इश्वर पोखरेलको चीन भ्रमण खर्च शीर्षकमा १३ लाख ४ हजार १० रुपैयाँ

२०७५ भदौ
अर्थ मन्त्रालयले २०५५ भदौमा विभिन्न मन्त्रालयको भ्रमण खर्च शीर्षकमा ५ लाख ५३ हजार ७ सय ५५ रुपैयाँ निकासा गरेको छ ।
–प्रमुख निर्वाचन आयुक्त सहितको टोली बंगलादेश भ्रमण जाँदा पकेट खर्चका नाममा निकासा भएको १ लाख ६६ हजार ८ सय ८० रुपैयाँ
–महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाको डिएफआइडीको कार्यक्रममा जाँदा ३२ हजार ९ सय ५५ रुपैयाँ
–संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको टोलीको चीन भ्रमण खर्च शीर्षकमा ३ लाख ४३ हजार ९ सय २० रुपैयाँ

Womui
Womui