पत्रकार रवि लामिछानेसहित तीन जना पक्राउ

112

छिनछिन खबर
काठमाडौं– शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका पत्रकार रवि लामिछानेसहित तीनै जनालाई प्रहरीले पक्राउ गरेको छ । चितवन प्रहरीको आग्रहमा महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको हो । घटनामा मुछिएकी युवती अस्मिता भनिने रुकु कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।


उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका तीनै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मृत्यु अगावै रेकर्ड गरिएको शालिकरामको भिडियो सार्वजनिक भएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । सार्वजनिक भिडियोमा शालिकरामले ‘अस्मिता’ भन्ने रुकु कार्की, पत्रकार रवि लामिछाने र युवराज कँडेलले अ‍ाफूलाई मर्न बाध्य पारेको बताएका थिए । पुडासैनीको शव साउन २२ मा चितवनको एक होटेलमा झुण्डिएको अवस्थामा शव भेटिएको थियो ।

Womui
Womui